Siraha Times
ताजा समाचार

वीरगन्जमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु

  • वैशाख ७, २०७८
  • १२६६ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगन्ज : वीरगन्जमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा १० दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका-१४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो।

गत चैत २९ गते स्वास्थ्यमा समस्या भएपछि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो। मुटुको दीर्घरोगी रहेका ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि नारायणी बयोधा अस्पतालमै उनको उपचार चलिरहेको थियो। उपचारकै क्रममा मंगलबार बिहान पौने १ बजे संक्रमित पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

डाक्टर दासका अनुसार उनी केहि दिन पहिले मात्रै भारतको दिल्लीबाट घर आएका थिए। कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ। 
वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा दुई जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ६ जनामा पर्साका ५ जना र बाराका १ जना हुन्। 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१