Siraha Times
ताजा समाचार

प्रदेश न २ काे सरकार द्वारा आज सर्वाजानिक विदा

  • वैशाख २, २०७८
  • १७१५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - प्रत्येक वर्ष झै नयाँ वर्षकाे दाेस्राे दिन जुडसित परेकाेले यस वर्ष पनि प्रदेश न.२ काे सरकारले सर्वजानिक विदा दिने निर्णय गरेकाे प्रदेश सरकारले विज्ञेप्ति मार्फत जानकारी दिएका छन ।

मिथिलाञ्चलमा बिहीबार(आज) जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ ।प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ । यो पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । चैत अन्त्यसँगै शुरु हुने जुडशीतल पर्वको तयारीले मैथिल (मिथिलाका बासिन्दा) व्यस्त भएका छन् ।

प्रत्येक नयाँ वर्षको भोलीपल्ट मनाइने पर्वको तयारी चैत मसान्तसँगै मिथिलामा देखिएको हो । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा मिथिला क्षेत्रको बजारमा चहलपहल ह्वात्तै बढेको छ । बढ्दो गर्मी र लगातार बढ् दो तातो हावाबीच शुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मी समन गर्ने मान्यताभित्र खाइन्छन् ।

वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व शुरु हुन्छ । पहिलो दिन (वैशाख सङ् क्रान्ति) चना (बदाम), जांै, मकै, चामल र मुगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् धार्मिक विश्वास रहेकाे जानकारहरु बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१