Siraha Times
ताजा समाचार

मधेशमा आज सतुवाइन, भोलि जुडशीतल

  • वैशाख १, २०७८
  • ६२७ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - तराई मधेशको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत सुरु भएको छ ।पर्वको पहिलो दिन अर्थात् आज तरार्ई मधेशका जिल्लाहरूमा सतुवाइन मनाइँदैछ । यस पर्वमा आजको दिन घर-घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ ।

आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । यो पर्व दुई दिनसम्म मनाइन्छ ।

आजदेखि एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ । बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारी पानी हालिन्छ ।गाग्रोमा भरिएका पानी थोपा थोपा तुलसीको बोटमाथि खस्ने गर्छ । यो विधि एक महिनासम्म जारी रहन्छ ।

सतुवाइन पर्वको भोलिपल्ट मधेशमा जुडशीतल पर्व मनाउने चलन छ । आज राति तयार पारिएका खाद्यान्नका परिकारहरू तरुवा, बडी, कडही र विभिन्न प्रकारका तरकारी खाइन्छ र केही बासी राखी जुडशीतलका दिन नुहाइ घरकी मूल महिलाले घरको मूल ढोकासहित सबै ढोकामा राखेर सबै जनाले खाने चलन छ ।

यसका साथै नयाँ वर्षमा अम्खोरा, गाग्री, कलशलगायतका भाडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले सबै घरका व्यक्तिहरूको टाउँकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामनासहित आशिर्वाद दिने चलन छ । बिहीबार विधिवत रूपमा सिरुवा पर्व समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१