Siraha Times
ताजा समाचार

खुट्टी नहर सिंचाईमा उप्रेती

  • जेठ १८, २०७५
  • ९५७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १८ जेठ । स्थानीयतहमा जनप्रतिनिधि आउंनु अगाडि खुट्टी नहर सिंचाईको लागि पटक पटक विवाद हुंदै आएको थियो । तर, लहान नगरपालिकामा मेयर मुनि साह आएपछि हालै खुट्टी नहर सिंचाई उपभोक्ता समितिका अध्यक्षमा नारायण उप्रेती सर्वपक्षीय सहमतिमा चयन भएका छन् । उपाध्यक्षमा शत्रुघन मण्डल, सचिव मंजु गुप्ता, कोषाध्यक्ष रामतलेवर साह, सदस्यहरु श्यामप्रसाद गुप्ता, तुलसीराम यादव, रितादेवी महतो, आन्तरिकादेवी गुप्ता, विलेक्षण महतो, रामपृत महतो र मन्टुन चौधरी चयन भएका छन् । गठित समितिले लहानको मुटुमा रहेको दूई किलो मिटरसम्म आरसिसी ढलान गरेर काम अगाडि बढाउंने अध्यक्ष उप्रेतीले भन्दै नहरको पानी सिंचाईको रुपमा प्रयोग गरिने छ । यसलाई व्यवस्थित गर्न नहरको दुवै छेउमा सडक निर्माण गर्दै ठाउं ठाउंमा पुल समेत राखिने उहां बताउंछन् । थप सौन्दर्यताको लागि ठाउं ठाउंमा पार्क, सोलारवत्ती बनाउंने योजना रहेको छ । ५ बर्षको योजना रहेको यसको लागि ११ करोड बजेट विनियोजित गरिएको छ भने आठ सय विघा भन्दा बढीमा खेतीको लागि सिंचाई हुने अनुमान गरिएको छ । लहानमा लामखुट्टेको वासस्थान खोजी गर्न अभियान जिल्ला स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा आज लहानमा डेंगु तथा चिकनगुनया ज्वरो सम्बन्धि अभिमुखिकरण गरेको छ । लहान नगरपालिकाका प्रमुख मुनी साहका प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानवारे सहजकर्ताहरुले जानकारी दिनुभएका छन् । कार्यक्रममा लहान अस्पतालका मेसु मुनेश्वर साह, लहान नगरपालिकाका कार्यकारी अधिकृत तीर्थराज भट्टराई, स्वास्थ्यकर्मी रत्नकुमार दास,सरोज कर्णलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

​खुला आकाशमुनि रात, ...

विनोद अविरल, बैशाख ८ । लुम्बिनी प्रदेशको पछिम ​​नवलपरासीको भुमही क्षेत्रमा अहिले भारतबाट आएका घुमन्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१