Siraha Times
ताजा समाचार

आज नववर्ष २०७८ ; सलहेश फुलवारीमा चमत्कारी फुल

  • चैत ३१, २०७७
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा - वैशाख १ गते बुधबार। आज नववर्ष २०७८ को सुरुवात भएसँगै राजा सलहेश फुलबारीमा ढक्कमक्क फुल फुलेको छ। सलहेश फुलबारी सुरक्षित रहनु सराहनीय हो। यो फुलबारी भाग्यमानी हुनुका साथै राजाको फुलबारी भनेर पनि चिनिन्छ । मिथिलाञ्चलमा रहेको फुलबारीको सौन्दर्य र महत्त्व संसारमा प्रसिद्ध छ। वैशाख १ गते अर्थात नव वर्षको दिन फुल्ने सलहेश फुलबारीको चमत्कारी फुल हो । १४ औं शताब्दीका राजा सलहेशको सम्झनामा सलहेशको शैर्य , शौन्दर्य , साहस , वीरता , प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना स्वरुप वैशाख १ गतेका दिन मेला समेत आयोजना हुन्छ । फुल देखेर मन नलोभिने सायदै कोही होला त्यसमा पनि वर्षको १ दिनमात्रै फुल्ने फुलको महत्त्व कति होला? सिरहा जिल्ला स्थित प्रत्येक वर्ष वैशाख १ गते ढक्कमक्क फुल्ने सुनाखरी र चाँदीगाँभा फुल हेर्न मान्छेरुको घुईँचो लाग्छ । सलहेश फुलबारीको मध्यभागमा हार्मका २ वटा रुखहरु छन त्यस रुखमा फुल फुल्ने गर्छ । फुल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका - १२ भोटिया टोल चौकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ। हारम रुख नजिकै प्रतिमा सहित मालिनी मन्दिर छ। त्यसको ५० मिटरमा सलहेश मन्दिर छ। यहाँको कथा १४ औं शताब्दीका राजा सलहेश र उनका प्रेमिका मालिनीहरु रेशमा , कुशमा र दौना बिचको सम्बन्धसँग जोडिएको छ। त्यसबेला सिरहा सदरमुकामलाई माईसोथागड भनिन्थ्यो त्यहीँको राजा थियोे सलहेश। राजा सलहेश मालिनी दहमा स्नान गर्थे , फुलबारीमा फुल टिप्थे , सिल्टह खण्डमा कुस्ती खेल्थे , सलहेश गडमा गएर पुजापाठ गर्थे । राजा सलहेश र उनका प्रेमिकासँग सम्बन्ध जोडिएको राजा सलहेश कै लागि वैशाख १ गतेमा माला आकारको मालिनी देखा परेको जन विश्वास रहेको छ। सुनगाभा चाँदीगाभाको अर्को नाम डेन्डेवियम एफायल्म हो । वनस्पति विभागले यस फुलेको बारेमा अध्ययन गरेर सन २०१६ मा प्रकाशित पुस्तकमा सलहेश फुलबारीका हरेक बोटबिरुवा बारे चर्चा गरिएको छ। यस फुलका विभिन्न मान्यता र जनविश्वास रही आएको हो । यहाँ भाकल पूरा भएपछि बोका बलि दिने प्रम्परा पनि रहेको छ। मेला हेर्न आएका श्रद्धालुहरु सलहेशको पुजा गर्नुका साथै सन्तान प्राप्ति , सुस्वास्थ्यको कामना साथै भाकल गर्ने गर्छ। पुरातात्त्विक एवंम धार्मिक पौराणिक इतिहाससँग जोडिएको यस फुलबारीमा राज्यले थप अनुसन्धान सके अन्तर्राष्ट्रिय स्तरमा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१