Siraha Times
ताजा समाचार

माडर भन्सारका प्रमुख हममालद्धारा पत्रकारमाथी हातपातका प्रयास, महासंघद्धारा कार्वाहीको माँग

  • जेठ १७, २०७५
  • १२१० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १६ जेष्ठ । सिरहाका पत्रकार गणेश साह र सन्तोष यादवलाई जेठ १३ गते रिर्पोटिंगको क्रममा माडर भन्सारका प्रमुखले दुव्र्यवहार गरेको छ । रिर्पोटिंगको क्रममा गरिएको यस किसिमको कार्यप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ती जनाएको छ । सिरहाका माडर भन्सारका प्रमुख राजेन्द्र हमालले पत्रकारद्धय साह र यादवलाई गरिएको दुव्र्यवहारप्रति पत्रकार महासंघ सिरहा कारवाहीको माग गरेको छ । भन्सार प्रमुख हमाललाई कारवाही नगरे महासंघ चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कार्यालय संचालन रहेको बेला पत्रकारद्धय साह र यादवले कार्यालय प्रमुख हमालसंग मासिक राजस्ववारे डाटा माग गरेका थिए । प्रमुख हमालले भने ‘म संग टाईम छैन, ‘सोधेर हाम्रो कार्यालय आउंनु होला,’ ‘नत्र ठिक हुंदैन ।’ प्रमुख हमालले फोटो लिईरहेका पत्रकारको मोवाईल खोसेर फुटाई समेत दिएको छ । प्रमुख हमालले पत्रकारद्धयले लिएको फोटो डिलेट गर्न दवाव दिंदै हातपातको प्रयास समेत गरेको छ । पत्रकारद्धयसंग भएको दुव्र्यवहारवारे प्रदेश २ का आन्तरिक तथा कानुन मन्त्री ज्ञानकुमार यादव र सिरहाका प्रजिअ रुद्रप्रसाद पंडितलाई जेठ १४ गते सिरहामा जानकारी गराएका छन् । प्रजिअ पंडितले भने ‘उजुरी हाल्नुस् कारवाही हुन्छ ।’ यता, नेपाल पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर गुप्ताले भने ‘सार्वजनिक ठाउंमा गरिएको हातपातको प्रयास गलत हो ।’ यस्तालाई अपराधी शैलीका प्रमुखलाई सार्वजनिक मुद्दा हालेर हिरासतमा लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१