Siraha Times
ताजा समाचार

६ महिनापछि प्रदेश २ को प्रदेशसभा बैठक बस्दै

  • चैत ३०, २०७७
  • ६२० पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम – सत्तारुढ दलको आन्तरिक किचलोका कारण स्थगित रहेको प्रदेश २ को प्रदेशसभा बैठक आज (साेमबार) बस्दै छ।

झण्डै ६ महिना देखि बन्द रहेको प्रदेशसभा बैठक बाध्यात्मक व्यवस्थाको कारण आज बस्न लागेको हाे। अधिकतम ६ महिनाभित्र प्रदेशसभा बैठक डाक्नुपर्ने व्यवस्थाको कारण आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेश सरकारले पाँचौँ अधिवेशन सुरु गर्नका लागि प्रदेशसभाको बैठक डाकेको हो। प्रदेशसभाको चौथो अधिवेशन प्रदेश सरकारको सिफारिसमा कात्तिक ३ गते सम्पन्न भएको थियो ।

संसद बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।

नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१