Siraha Times
ताजा समाचार

सिरहामा गोली हानेर सुनचाँदी व्यवसहायीको हत्या गर्ने दुईजना पक्राउ

  • चैत २९, २०७७
  • ७२० पटक पढिएको
  • रामएकवाल राम
alt

जयनाथ यादव, लहान : सिरहाको लहान नगरपालिका २३ मा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका ७ का रामकृष्ण चौधरी छन् । पक्राउ परेका एक व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेका छैन । चौधरी भाग्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । अर्का व्यक्ति शंकास्पद रहेकाले पक्राउ गरिएको र अनुसन्धान भइरहेकाले पहिचान गोप्य राखिएको प्रहरीको भनाई छ ।

 

वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गरेका लहान नगरपालिका २२ का ४० वर्षीय प्रदिप विश्वकर्माको हत्या गरिएको छ । लुटपाट गर्न आएकाहरुले उनको हत्या र उनका श्रीमतीमाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बनाइएको छ ।

घाईते उनका श्रीमतीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१