नेपाल पत्रकार महासंघ सिरहा शाखाका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाण -पत्र वितरण कार्यक्रम सम्पन्न

  • चैत २९, २०७७
  • १०२४ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो-सिरहा,
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन बाट नव निर्वाचित नेपाल पत्रकार महासंघ सिरहा शाखाका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाण -पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। गत चैत २५ गते सम्पन्न निर्वाचन बाट निर्वाचित मनोज यादव बनैता नेतृत्वको प्यानललाई निर्वाचन समिति सदस्य मोहन महतोले पद तथा गोपनियताको सपथ गराउदै अविर ,गम्छा लगाएर प्रमाण-पत्र हस्तान्तरण गरेका छन्।

कार्यक्रममा अध्यक्ष बनैता संगै उपाध्यक्ष गणेशप्रसाद साह, महिला उपाध्यक्ष रिकुकुमारी दास, कोषाध्यक्ष वीरेन्द्रप्रसाद नेपाल , सचिव शिबदयाल यादव ,सहसचिव राजेन्द्र महतो र सहसचिव समावेशी दुर्गा परियार लगायत सदस्यहरु दिनेश कुमार दास,विरेन्द्र यादव ,हरि भक्त लामा ,श्री नारायण यादव, सुरेन्द कामति संगै केन्द्रिय परिषद सदस्य दिनेश्वर प्रसाद गुप्ता,चन्द्रदेव कामति र डा.जय नारायण यादवले पद तथा गोपनियताको सपथ लिदै पदभार ग्रहण गरेका हुन्।

सिरहा महासंघको नयाँ नेतृत्वका लागि मनोज यादव बनैता नेतृत्वको समावेसी प्यानल र प्रेस युनियन,प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपाल को संयुक्त उमेद्वार हिरालाल चौधरी नेतृत्वको प्यानल बीच भएको कडा प्रतिस्पर्धामा बनैता नेतृत्वको पुरै प्यानल विजय भएको थियो। जसमा अध्यक्ष मनोज यादव बनैता ४५ मत प्राप्त गरी विजयी भएका थिए, भने उनको निकटम प्रतिद्वन्दी हिरालाल चौधरीले ३८ मत ल्याएका थिए।

यसैगरी उपाध्यक्षमा गणेशप्रसाद साह ४३ मत ल्याएर विजयी भएका थिए,भने उनको निकटम प्रतिद्वन्दी जिबछ यादव उदासी ३९ मत ल्याएका थिए। त्यस्तै महिला उपाध्यक्षमा रिकुकुमारी दास ४२ मत ल्याएर विजयी भएकी थिन भने उनको निकटम प्रतिद्वन्दी यमुना खनालले ३६  मत ल्याएकी थिन। त्यस्तै सचिवमा शिबदयाल यादव ४२ मत ल्याएर निर्वाचित भएका थिए ,भने उनको निकटम प्रतिद्वन्दी शम्भु यादवले ३९ मत ल्याएका थिए। त्यस्तै सहसचिवमा राजेन्द्र महतो ४५ मत ल्याएर विजयी भएका थिए भने उनको निकटम प्रतिद्वन्दी राम भरोषि महतोले ३७ मत प्राप्त गरेका थिए। सहसचिव समावेशीमा दुर्गा परियारले ५२ मत ल्याउदा उनको निकटम प्रतिद्वन्दी आशिष कुमार विश्वकर्माले ३१ मत ल्याएका थिए। त्यस्तै कोषाध्यक्षमा वीरेन्द्र प्रसाद नेपालले ४३ मत ल्याउदा उनको निकटम प्रतिद्वन्दी एलिना हिमांग चौधरीले ३९ मत प्राप्त गरेकी थिन।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा विपतका सम ...

रहमुल लहान २७ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँ ...

गुणस्तर सेवा प्रवाह ...

रहमुल लहान २७ जेठ । सिरहाको लहान स्थित रहेको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पत ...

कलैया यातायातका प्रम ...

रंजित चौरसिया,वीरगंज २५ जेष्ठ । यातायात व्यवस्था कार्यालय कलैया बाराका प्रमुख अविन्दर दासले सवारी चा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१