Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासङ्घ पर्सामा प्रेस चौतारी प्यानल विजयी

  • चैत २६, २०७७
  • ८४५ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगंज, - नेपाल पत्रकार महासङ्घ पर्सामा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा प्रेस चौतारी पक्षधर उम्मेदवारहरूको प्यानल विजयी भएको छ भने प्रेस युनियन गठबन्धनका केही सदस्यमा विजयी भएका छन्। बुधवार सम्पन्न निर्वाचनको मतगणना कार्य राति अबेर सकिएपछि निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छ।
महासङ्घ पर्साको कुल १४० मतमध्ये अध्यक्षमा अनुप तिवारी ७५ मत प्राप्त गरी विजयी भएका छन्। उनको एकमात्र प्रतिद्वन्द्वी युनियनका रितेश त्रिपाठीले ६३ मत प्राप्त गरे। त्यसैगरी, उपाध्यक्षमा युवराज खड्का ६३ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी राघव साहले ५९ मत पाए भने उपाध्यक्षका अर्का उम्मेदवार शेखरबहादुर क्ष्Fत्री (छतकुली)ले १३ मत प्राप्त गरे।
महासङ्घका पदाधिकारीमध्ये महिला उपाध्यक्ष र सचिव पदमा ठूलो मतान्तरले चौतारी पक्षधर उम्मेदवार विजयी भएका छन्। महिला उपाध्यक्षमा सुषमा शर्माले ८४ मत प्राप्त गरी एकमात्र प्रतिद्वन्द्वी नीलिमा पौडेललाई २९ मतान्तरले पराजित गरिन्।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१