Siraha Times
ताजा समाचार

पत्रकार महासंघ महोत्तरी शाखामा कमलेश मण्डल नेतृत्वको पुरा प्यानल नै विजयी

  • चैत २६, २०७७
  • ११३४ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी- नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको  कमलेश मण्डलको  नेतृत्वमा रहेकाे पुरा प्यानल नै विजयी भएको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि कमलेश मण्डल र महेशकुमार दास प्यानल सहित चुनावी मैदानमा रहेको मण्डल नेतृत्वको प्यानल नै विजयी भएका हुन् ।नव निर्वाचित उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी , कोषाध्यक्षमा अजय कुमार सिंह , सचिवमा राजकरण महतो , सहसचिवमा रामनारायण महतो र सहसचिव समावेशीमा संजित मण्डल रहेका छन्।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको  महोत्तरी शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएपनि त्यस अगावै शतप्रतिशत मतदान भएको थियो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डलले २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी महेशकुमार दासले १८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) २२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी विक्रम राैनियारले १७ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा सुनिता कुमारीले २२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी दिपिका कुमारी साहले १७ मत ल्याएको निर्वाचन समितले जनाएको छ ।

सचिवमा राजकरण महतो २२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी रञ्जन भण्डारीले १९ मत ल्याएर हार व्यहोरेका छन् । यसैगरी सहसचिवमा रामनारायण महतो २१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राजिव रायले १९ मत ल्याएका छन् । सहसचिव समावेशीमा संजित मण्डल २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्दी उपासना तिवारीले १९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा अजय कुमार सिंहले १९ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी विवेकानन्द झाले १९ मत ल्याएका छन् ।

यस्तै मधेसी सदस्यमा अमृत कुमार महताे विजयी भएका छन् भने खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चाैधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल प्रसाद बराल विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१