पत्रकार महासंघ महोत्तरी शाखामा कमलेश मण्डल नेतृत्वको पुरा प्यानल नै विजयी

  • चैत २६, २०७७
  • ९६४ पटक पढिएको
  • रामएकवाल राम
alt

महोत्तरी- नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको  कमलेश मण्डलको  नेतृत्वमा रहेकाे पुरा प्यानल नै विजयी भएको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि कमलेश मण्डल र महेशकुमार दास प्यानल सहित चुनावी मैदानमा रहेको मण्डल नेतृत्वको प्यानल नै विजयी भएका हुन् ।नव निर्वाचित उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता), महिला उपाध्यक्षमा सुनिता कुमारी , कोषाध्यक्षमा अजय कुमार सिंह , सचिवमा राजकरण महतो , सहसचिवमा रामनारायण महतो र सहसचिव समावेशीमा संजित मण्डल रहेका छन्।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको  महोत्तरी शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएपनि त्यस अगावै शतप्रतिशत मतदान भएको थियो । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा ४१ जना मतदाता रहेको छ ।

महोत्तरीमा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमलेश मण्डलले २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी महेशकुमार दासले १८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा हेम कुमारी बराल(सुनिता) २२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी विक्रम राैनियारले १७ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा सुनिता कुमारीले २२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी दिपिका कुमारी साहले १७ मत ल्याएको निर्वाचन समितले जनाएको छ ।

सचिवमा राजकरण महतो २२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी रञ्जन भण्डारीले १९ मत ल्याएर हार व्यहोरेका छन् । यसैगरी सहसचिवमा रामनारायण महतो २१ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राजिव रायले १९ मत ल्याएका छन् । सहसचिव समावेशीमा संजित मण्डल २२ मत ल्याएर विजयी भएका छन् । उनको निकटम प्रतिद्वन्दी उपासना तिवारीले १९ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा अजय कुमार सिंहले १९ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी विवेकानन्द झाले १९ मत ल्याएका छन् ।

यस्तै मधेसी सदस्यमा अमृत कुमार महताे विजयी भएका छन् भने खुल्ला सदस्यमा दिनेश्वर महतो, नवीन कुमा चाैधरी, रंजीत कुमार कापर र ललन कुमार मण्डल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी केन्द्रिय परिषद सदस्यमा गोपाल प्रसाद बराल विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१