Siraha Times
ताजा समाचार

प्रेस संगठन, चाैतारी र युनियनका साझा उम्मेदवारलाई हराउँदै सिरहामा प्रेस मञ्चका मनोज यादव विजयी

  • चैत २६, २०७७
  • १३७७ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा - नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्षमा मनोज कुमार यादव (बनैता) विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ४५ मत ल्याएर यादव अध्यक्षमा विजयी भएका हुन् ।

यादवका प्रतिद्वन्द्वी हिरालाल चौधरीले ३८ मत पाए । यादव जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपालका हुन् भने चौधरी माओवादीनिकट प्रेस संगठनका हुन् ।चुनावी मैदानमा प्रेस मञ्चको प्यानल एक्लै र प्रेस संगठन, प्रेस युनियन र प्रेस चौतारी गठबन्धन गरेर उत्रेको थियो । त्यस्तै उपाध्यक्षमा गणेश प्रसाद साह ४३ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी जिबछ यादवले ३९ मत प्राप्त गरे । 

त्यस्तै महिला उपाध्यक्षमा रिंकुकुमारी दास ४२ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी यमुना खनालले ३६ मत प्राप्त गरेकी छिन् । सचिवमा ४२ मतसहित शिवदयाल यादव विजयी भएका छन् । अर्का सचिवका उम्मेद्वार शम्भु यादव ३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सहसचिव खुल्लामा ४५ मतसहित राजेन्द्र महतो, सहसचिव समावेशीमा ५२ मतसहित दुर्गा परियार, कोषाध्यक्षमा ४३ मतसहित विरेन्द्रप्रसाद नेपाल विजयी भएका छन् । खुल्ला सदस्यहरूमा ४६ मतसहित दिनेशकुमार दास, ४७ मतसहित वीरेन्द्र यादव, ५० मतसहित हरिभक्त लामा र ४८ मतसहित श्रीनारायण यादव विजयी भए ।

यस्तै समावेशी सदस्यमा ४८ मतसहित सुरेन्द्रकुमार कामती विजयी भए । उनका प्रतिद्वन्द्वी अनुरुद्ध ठाकुर २८ मत पाए । केन्द्रीय परिषद् सदस्यमा भने ५८ मतसहित चन्द्रदेव कामती, ५७ मतसहित डा. जयनारायण यादव र ६४ मतसहित दिनेशप्रसाद गुप्ताले जिते ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१