Siraha Times
ताजा समाचार

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान

  • चैत २५, २०७७
  • १३८५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ ।केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

महासंघको ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंहले उम्मेदवारी दिएका छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी तथा केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदै छ ।प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि आजै मतदान हुँदै छ । प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही ठाउँमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ

। प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।प्रदेशबाहेक काठमाण्डौ, ललितपुर र भक्तपुरमा उपत्यका प्रदेश संरचना बनाइएको छ । उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेशस्तरकै मान्यता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१