Siraha Times
ताजा समाचार

आज थप १६७ जनामा संक्रमण देखिँदा ११५ डिस्चार्ज, थप ३ जनाको मृत्यु

  • चैत १७, २०७७
  • ५६९ पटक पढिएको
  • रामएकवाल राम
alt

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ३९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ७२७ रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको छ ।हालसम्म देशभर २२ लाख ६७ हजार ४०८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१