Siraha Times
ताजा समाचार

होलीमा पानी ठानेर एसिड छ्याप्दा तीन जना घाइते

  • चैत १६, २०७७
  • ७३७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौँ - होली खेल्ने क्रममा झुक्किएर एसिड छ्याप्दा तीन बालबालिका घाइते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित सरस्वती दूध उत्पादन सहकारी संस्थामा राखिएको एसिडलाई पानी सम्झेर छ्याप्दा ३ जना घाइते भएका हुन् ।

एसिड लागेर ९ वर्षीय विशाल तामाङ, ११ वर्षीय सविन तामाङ र १६ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि साँखुको सुश्मा कोइराला मेमोरिय अस्पतालमा राखिएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताए ।पानी भनेर एसिड छ्याप्ने २ जना युवकसहित डेरी सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

डेरीमा दूधको फ्याट चेक गर्न एसिड प्रयोग गर्दा रहेछन् । त्यही एसिडलाई पानी सम्झेर उनीहरुले छ्यापेछन् । दुई युवकसहित एसिडलाई सहजै पहुँचमा राख्ने डेरी सञ्‍चालकलाई पनि पक्राउ गरेका छौं,' एसएसपी सिंहले भने ।डेरी नवीन ग्राम विद्यालको घर भाडामा लिएर सञ्‍चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१