Siraha Times
ताजा समाचार

तराईमा आज रङ्गोत्सवका पर्व होली फगुवा

  • चैत १६, २०७७
  • ९४० पटक पढिएको
  • रामएकवाल राम
alt

विसुनदेव सरदारसिरहा लक्ष्मीपुर-पतारी / चैत्र १६ गते सोमबार। हिन्दु संस्कृतिमा प्रत्येक वर्ष होली पर्व मनाउने प्रचलन रहेको छ। यस वर्ष पनि वडो धुमधामका साथ उक्त पर्व मनाउन सरकारले २ दिनको आइतबार , सोमबार गरी सार्वजनिक विदा समेत दिई घोषणा गरेको छ।

आज सिरहा , सप्तरी , महोत्तरी , बारा , पर्सा , धनुषा , सर्लाही , रौतहट गरी प्रदेश न. २ का सबै जसो जिल्लाहरुमा बडो धुमधामका साथ फगुवा पर्व मनाउँदैछ। फागुन पुर्णिामा विभिन्न प्रकारका रङ्ग प्रयोग गरी एक अर्कालाई रङ्ग दलेर मनाउने गरिन्छ । होलीलाई पुरानो दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने पर्वको रुपमा मनाउने गरिन्छ । होली अत्यावश्यक प्राचीन वर्ष पनि हो ।

इतिहासकारहरुका अनुसार उक्त पर्वको प्रचलन आर्यहरुमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरुमा पाईन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरु र ग्रन्थहरु पनि यस पर्वमा उल्लेख्य छ। हिन्दु साँस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पर्णिमालाई होली पुर्णिामा भनिन्छ । होली खेल्ने दिन भन्दा पहिलो एक दिन राति होलिका दहन गरिन्छ ।

युवा युवती बृद्ध बृद्धासम्म सबैले होलीमा मनोरञ्जन गरिन्छ । होली पर्व घरपरिवार साथी भाइ आपसमा रङ्गमा रङ्गिएर उल्लासपुर्वक मनाउने फगुवा अर्थात होली पर्व हो। दाजुको आदेशानुसार होलिका प्रहलादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिइएकोले होलिका जलेर नष्ट भईन तर प्रहलादलाई केही भएन्न । होलिका दहनकै खुशीयालीमा मनाउन , आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने प्रम्परा रही आएको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१