Siraha Times
ताजा समाचार

बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु, १० जनाभन्दा बढी घाइते

  • चैत १६, २०७७
  • ११८८ पटक पढिएको
  • रामएकवाल राम
alt

बागलुङ - गण्डकी प्रदेश स्थित बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा लागेको होली खेल्ने क्रममा युवाहरुबीच झडप हुदाँ २ जनाको मृत्यु भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका १० का युवाहरुको कुटपिटबाट निसीखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।१३ जना सम्पर्क विहीन भएकाहरु युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिए । ती मध्ये १० जना युवा घाइते भएको उनको भनाई छ ।

घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरले बताए ।घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारीले जानकारी दिए ।

ती दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको प्रहरीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१