राष्ट्रियता धोति र टोपिको बराबर : फोरम उपाध्यक्ष कार्की

  • जेठ १५, २०७५
  • १०५६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १४ जेष्ठ । संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष युवराज कार्कीले  देशमा राष्ट्रवादको कुरा गरेर गल्ति ढाकछोप हुने काम मात्र भइरहेको बताएका छन् । मिर्चैयामा आइतबार आयोजित संगठन बिस्तार तथा सुदृढिकरण कार्यक्रमको सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले बर्तमान सरकारले सय दिन पुगेपनि उखान टुक्का वाहेक कुनै नयाँ काम गर्न नसकेको आरोप लगाए । उनले भने “यो देशमा राष्ट्रियता धोती र टोपि दुवैको वरावर छ, अहिलेको आवश्यक्ता संघियतालाई वचाउनु भएपनि संघियता मास्ने खेल भैरहेको छ ।” अधिकार प्राप्ति र पहिचानका लागि संघिय समाजवादी फोरम नेपालको बिकल्प नरहेको उनले दाबी गरे । 
कार्यक्रममा प्रदेश नं. २ फोरम नेपालका सचेतक शैलेन्द्र यादवका स्वकिय सचिव सिपी यादवले प्रदेश सरकारले गरिरहेको कार्य प्रगतिहरुको विवरण र केन्द्रिय सरकारले गरिरहेको हस्तक्षेपमाथि प्रकाश पारेका थिए ।  केन्द्रिय उप–सचिव प्रकास अधिकारी, उदयपुर जिल्ला इन्चार्ज देवराज राई, केन्द्रिय परिषद सदस्य विरेश्वर यादव, केन्द्रिय सदस्य अशेश्वर यादव र संगठन विस्तार समिति सदस्य रामभरोस महतो लगायतका नेताहरुले संगठनात्मक संरचनाको वारेमा प्रष्ट पार्दै अगामी रणनितीको बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । 
फोरम नेपाल सिरहा क्षेत्र नं. ४ (क) प्रदेश सभाका संगठन विस्तार समितिका संयोजक विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रममा उदघोषण युवा नेता अजय कुमार यादवले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१