Siraha Times
ताजा समाचार

राष्ट्रियता धोति र टोपिको बराबर : फोरम उपाध्यक्ष कार्की

  • जेठ १५, २०७५
  • ११३० पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, १४ जेष्ठ । संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष युवराज कार्कीले  देशमा राष्ट्रवादको कुरा गरेर गल्ति ढाकछोप हुने काम मात्र भइरहेको बताएका छन् । मिर्चैयामा आइतबार आयोजित संगठन बिस्तार तथा सुदृढिकरण कार्यक्रमको सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले बर्तमान सरकारले सय दिन पुगेपनि उखान टुक्का वाहेक कुनै नयाँ काम गर्न नसकेको आरोप लगाए । उनले भने “यो देशमा राष्ट्रियता धोती र टोपि दुवैको वरावर छ, अहिलेको आवश्यक्ता संघियतालाई वचाउनु भएपनि संघियता मास्ने खेल भैरहेको छ ।” अधिकार प्राप्ति र पहिचानका लागि संघिय समाजवादी फोरम नेपालको बिकल्प नरहेको उनले दाबी गरे । 
कार्यक्रममा प्रदेश नं. २ फोरम नेपालका सचेतक शैलेन्द्र यादवका स्वकिय सचिव सिपी यादवले प्रदेश सरकारले गरिरहेको कार्य प्रगतिहरुको विवरण र केन्द्रिय सरकारले गरिरहेको हस्तक्षेपमाथि प्रकाश पारेका थिए ।  केन्द्रिय उप–सचिव प्रकास अधिकारी, उदयपुर जिल्ला इन्चार्ज देवराज राई, केन्द्रिय परिषद सदस्य विरेश्वर यादव, केन्द्रिय सदस्य अशेश्वर यादव र संगठन विस्तार समिति सदस्य रामभरोस महतो लगायतका नेताहरुले संगठनात्मक संरचनाको वारेमा प्रष्ट पार्दै अगामी रणनितीको बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । 
फोरम नेपाल सिरहा क्षेत्र नं. ४ (क) प्रदेश सभाका संगठन विस्तार समितिका संयोजक विष्णु साहको अध्यक्षतामा भएको कार्यक्रममा उदघोषण युवा नेता अजय कुमार यादवले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१