पिपरामा भेटियो बेपत्ता झा दम्पतीको कंकाल

  • चैत १२, २०७७
  • ८७९ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । फागुन ११ गते अघि बेपत्ता भएका महोत्तरी पिपरा– ५ सहोर्बाका मुसाफिर झा र उनकी श्रीमती गितादेवीको कंकाल भेटिएको छ । बिहीबार पिपरा गाउँपालिका २ अतराढस्थित सडक छेउमा उनीहरुको कंकाल भेटिएको हो ।

स्थानीयले सडक छेउमा मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खप्पर भेटिएको स्थल उत्खनन् गर्दा दुई जनाको मानव कंकाल भेटिएको नेपाल प्रहरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘यद्यपि फरेन्सिभ ल्याबको रिपोर्ट नआइ हामीले आधिकारिक पुष्टि गर्न सक्दैनौं’, एसपी आचार्यले भने ।

घरमै सुतेका बेला फागुन १० गते राति ६५ वर्षीय झा र उनकी ६० वर्षीया श्रीमतीको अज्ञात समूहले अपहरण गरेको थियो । झा दम्पतीको घरदेखि करिब १ किलोमिटरको दूरीमा कंकाल भेटिएको हो ।

झा दम्पतीको अपहरणमा संलग्न पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । तर उनीहरुले संलग्नता स्वीकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध सहित ...

लहान , चैत १ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक ...

नेशनल मेडिकल कलेजद्व ...

रंजित चौरसिया,वीरगंज १ चैत्र। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज ले पर्सा र बारा जिल्लाका व ...

सिरहा क्षेत्र नं.–३ ...

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१