ताजा समाचार

पिपरामा भेटियो बेपत्ता झा दम्पतीको कंकाल

  • चैत १२, २०७७
  • ९८३ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । फागुन ११ गते अघि बेपत्ता भएका महोत्तरी पिपरा– ५ सहोर्बाका मुसाफिर झा र उनकी श्रीमती गितादेवीको कंकाल भेटिएको छ । बिहीबार पिपरा गाउँपालिका २ अतराढस्थित सडक छेउमा उनीहरुको कंकाल भेटिएको हो ।

स्थानीयले सडक छेउमा मानव खप्पर देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खप्पर भेटिएको स्थल उत्खनन् गर्दा दुई जनाको मानव कंकाल भेटिएको नेपाल प्रहरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘यद्यपि फरेन्सिभ ल्याबको रिपोर्ट नआइ हामीले आधिकारिक पुष्टि गर्न सक्दैनौं’, एसपी आचार्यले भने ।

घरमै सुतेका बेला फागुन १० गते राति ६५ वर्षीय झा र उनकी ६० वर्षीया श्रीमतीको अज्ञात समूहले अपहरण गरेको थियो । झा दम्पतीको घरदेखि करिब १ किलोमिटरको दूरीमा कंकाल भेटिएको हो ।

झा दम्पतीको अपहरणमा संलग्न पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । तर उनीहरुले संलग्नता स्वीकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤