Siraha Times
ताजा समाचार

सिरहामा साँसद दासको गुण्डागर्दी, लखेटिएको दास नै अब अरुलाई लखेट्दै

  • चैत ११, २०७७
  • १७५४ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा - सिरहामा साँसद सुरेशचन्द्र दासको गुण्डागर्दीले स्थानीयहरु आतंकित बनेका छन् । प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद दासले गुन्डा शैलीमा आफू स्वयं बन्दुक बोकी भाडामा ल्याइएका ३०–३५ जना युवाहरूको समूहले औरही गाउँपालिका वडा नम्बर ५ का राजकुमार सिंह दनुवार को घर तोडफोड गर्दै परिवारजनलाई मरनासन हुनेगरी कुटपिट गर्दै उसको घर रहेको नाम निशान पनी मिटाइ दिएको भन्दै पीडित सिंह परिवारले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

सदियौंदेखि मेरो बाँजेकै पाला देखि भोगचलन गर्दै आएको गाउँ ब्लकको डेढ कठ्ठा जग्गा बलजफ्ती साँसद दासले मेरो जग्गा हो भन्दै बलपूर्वक गुण्डा शैलीमा पिटपाट गर्दै उठिबास बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराए । साँसद दासले आफै बन्दुक बोकी युवाहरुको एक समूह लिएर फोहर गाली गलौज गर्दै मरनासन पीटपाट गरी बेहोस बनाएको पिडित राजकुमार सिंहकोे कथन रहेको छ । सांसद दासले आफूलाई सात खुन माफ रहेकोले मारेर फाल्दिने धम्की पनि दिएको गुनासो पोखे । पिडित सिंहले भने, घटनाको जानकारी तत्कालै प्रहरी चौकीमा गराउँदा पनि सुनुवाई नभएको र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जादा माननीयको उजुरी भनेर उजुरी लिन नमानेको र भोली पल्ट मात्र उजुरी लिएको बताए ।

माओवादीको दश वर्षे जनयुद्धको समयमा साँसद दास शोषक रहेको भन्दै माओवादीको टार्गेटमा रहँदै घर आउन सक्ने अवस्था थिएन र उनी लखेटिएका थिए । आज त्यही सुरेशचन्द्र सोझा मजदुरहरुलाई उठिबास बनाइएको भन्दै चौतर्फी आवाज उठाइएको छ । उनको डरले उसको सामु कोही बोल्न नसकेको नाम नखोल्ने सर्तमा एकजना स्थानीयले बताए । यस सम्बन्धमा साँसद दाससँग प्रतिक्रिया लिँदा साँसद दासले आफूलाई केही जानकारी नभएको र कसैको घर तोडफोड गराइएको प्रतिक्रिया दिए । यता सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले घटना सम्बन्धमा वास्तविकता बुझिरहेको र कानून अनुसार प्रक्रिया अगाडी बढ्ने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारीले यस सम्बन्धमा वास्तविकता के रहेछ बिसतृत बुझेर अनुसन्धान अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

बलान बिहुलमा कुपोषण ...

रहमुल, लहान २२ वैशाख । “समृद्ध बलान बिहुल” अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँ ...

‘सुनौलो हजार दिन’ अभ ...

रहमुल, लहान, २२ वैशाख । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने लक्ष्यसहित सिरहाको सखुवानन्कारकट्टी गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१