लहान मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मा गोइत समूहले लियो, गम्भिर घाइतेलाई काठमाडौं लगियो

  • चैत १, २०७७
  • ८५९ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो, लहान । सिरहाको लहान स्थित भूमि सुधार तथा मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।
घटना लगतै गोइतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । मधेश स्वतन्त्र देश हुनु पर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

goit

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अहिले उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहले अवस्थामा सुधार नआए यसभन्दा पनि उच्च स्तरको कारवाही गर्ने चेतावनीसेमत दिएको छ ।

आइतवार दिउँसो करिब १२ बजेर ४० मिनेटमा मालपोत कार्यालयमा बम विस्फोट भएको थियो । आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पणसमेत गरेको प्रहरीले जनाएको छ।
विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका वडा नम्बर १३ का भोला बहादुर मगर, गोलबजार नगरपालिका वडा नम्बर ६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका वडा नम्बर १६ का लाल बहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रि नारायण यादव, धनगडीमाई नगरपालिका वडा नम्बर ४ का दिनेश भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

गम्भिर घाइते सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ । दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अङ्गमा बमको छर्रा लागेको छ । उनको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

ईप्रका प्रसौनी बाराक ...

रंजित चौरसिया,वीरगंज २९ जेष्ठ । बाराको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घु ...

अंग्रेजी माध्यममा पठ ...

रहमुल लहान २८ जेठ । सिरहाको लहान नगरपालिकाले ल.ल.कु.मा.बि. र मा.वि. पडरिया थारुटोलका अंग्रेजी माध्यम ...

सबल महासङ्हजलवायुमैत ...

ओम प्रकाश यादव लहान, सिराहा, जेठ २८ ।‘सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासङ्ह’ भन्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१