पोखरीमा डुबेर चार बालिकाको मृत्यु

  • जेठ ७, २०७५
  • २१३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लुम्बिनी, ७ जेठ | रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् । बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ । वडा नं ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेपछि स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालिएको थियो । उक्त पोखरी प्राकृतिक पोखरीका रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयवासीले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ सोकमा डुबेको छ । मृतक बालिकाको शव परीक्षणका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । बालिकामध्ये दुईजना दाजु भाइका छोरी रहेको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१