सेलेब्रिटी सेफ सिरहाका सन्तोष नेपाल आगमन : एर्यर्पोटमा भव्य स्वागत

  • फागुन १३, २०७७
  • ७१७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाण्डौ - सेलेब्रिटी सेफ मानिएका यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सिराहका सन्तोष साह नेपाल आइपुगेका छन् । संघीय राजधानी काठमाण्डौ स्थित अन्तराष्ट्रिय एर्यर्पोटमा उनको भव्य स्वागत गरिएको छ ।

साह दुई महिना नेपालमा बस्नेछन् । यसक्रममा उनले नेपालको विभिन्न भागमा पुगेर आफ्नो नयाँ किताबको लागि रिसर्च गर्ने छन् ।प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।

साह प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागी हुन आएका हुन् । उनलाई सो कार्यक्रममा पाटा पर्सनालिटी अफ द इयरले पनि सम्मानित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषध सहित ...

लहान , चैत १ ।  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका क्षेत्रमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक ...

नेशनल मेडिकल कलेजद्व ...

रंजित चौरसिया,वीरगंज १ चैत्र। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज ले पर्सा र बारा जिल्लाका व ...

सिरहा क्षेत्र नं.–३ ...

नरेशचन्द्र बरबरिया सिरहा चैत्र १ गते । सिरहा क्षेत्र नं.–३ का नेपाली काङ्ग्रेसका उम्मेदवार डा. ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१