Siraha Times
ताजा समाचार

लहान २२ मा बालकलाई कालोमोसो दलेर निर्घात कुटपिट

  • फागुन १३, २०७७
  • ९६४ पटक पढिएको
  • रामएकवाल राम
alt

नवसंग्राम दैनिक लहान, १३ फागुन । सिरहाको लहान २२ सिसवनीमा फागुन ११ गते स्थानीय केही युवाहरुले एक बालकलाई कपाल मुन्डन गरी कालोमोसो दलेर निर्घात कुटपिट गरेको छ । स्थानीय विन्दीलाल चौधरीको खेतमा गोभी (कोभी) तरकारी चोरी गरेको आरोपमा लहान २२ का १५ बर्षीय रविन चौधरीलाई गाउँमा पँचायत छ भन्दै पाँच छ जना युवाले चौधरीलाई कुटपिट गर्दै गाउँ परिक्रमा गराएको छ ।

पाँच दिन पहिले विन्दीलाल चौधरीको खेतवारीबाट चार वटा कोभी चोरी भएको थियो । त्यसैको पँचायतको लागि रविन चौधरीलाई घरबाट बोलाएर विन्दीलाल चौधरीको निर्देशनमा उनका भाई नन्दीलाल चौधरी, राजिन साह, रामे मुखिया, बैजु मुखियालगायत छ जनाले कुटपिट गर्दै गाउँ परिक्रमा गराएको ईलाका प्रहरी कार्यालय लहानमा पीडितपक्षले दिएको उजुरीमा उल्लेख छ । वालक चौधरीका बुवा दूई बर्षदेखि वैदेशिक रोजगारमा छन् भने आमा ६ महिनादेखि जनकपुरमा काम गर्दै आएकी छीन् ।

बालक चौधरीकी आमाले ‘मेरा छोरालाई नाशापानी गराएर केही केटाहरुले फसाएको हो ।’ ‘मेरा छोरा त्यस्तो केही गरेका छैन ।’ ‘केटाहरु फसाएर व्यक्तिगत रिसिविको कारण कुटपिट गरेको हो ।’ ‘ज्यान मार्ने धम्की दिँदै आएको छ , गाउँमा बस्न हामीलाई कठिनाई भइरहेको छ ।’ उनी बताइन् । ईलाका प्रहरी कार्यालयका अनुसार घाउ जाँचको लागि पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको बताए।

154137978_771320123765665_1452106341376000579_n

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१