जेलभित्रै हत्या गर्ने एमाले कार्यकर्तालाई राष्ट्रपतिबाट माफी, परिवारले पुनः मुद्दा लड्ने

  • फागुन १०, २०७७
  • ७११ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : ‘मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।

‘मान्छे मारेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन्। राज्यको संरक्षणमा राखीएका पौडेलका हत्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरि लड्ने बताएकी छन्।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन। चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए। थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, चापाकलको झाप,रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो। पौडेललाई पुष २ गते मृत घोषणा गरियो।

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए। उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए। पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो। तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन्। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन्।,आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१