ताजा समाचार

अपहरणमा परेका ७ वर्षीय बालकको उद्धार, १ करोड फिरौती माग्ने मामासहित तीन जना पक्राउ

  • फागुन ९, २०७७
  • ९०८ पटक पढिएको
  • रामएकवाल राम
alt

धनुषा - धनुषाबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ । शनिबार दिउँसो करिब १ बजेदेखि बेपत्ता भएका नगइराइन नगरपालिका– ६ स्थित जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको सकुशल उद्धार गरिएको हो ।

शनिबार राति जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित माछा बजारबाट बालकलाई उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अन्य बच्चाहरुसँगै घरबाट खेल्न निस्केको ३ घण्टापछि बालक फेला नपरेपछि खोजी सुरु भएको थियो । प्रहरीलाई शनिबार बेलुकी करिब ४ बजे बालक बेपत्ता भएको खबर आएको थियो । खबर आएको साढे तीन घण्टाभित्रै बालकलाई फेला पार्न सफल भएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

उनका अनुसार साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो । अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेका लक्ष्मेश्वर दासको नाम खुले पनि प्रहरीले अन्यको नाम खुलाएको छैन । आज दिउँसो घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्न लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤