ताजा समाचार

भागरथीको बलात्कार तथा हत्या अभियोगमा छिमेकी दिनेश भट्ट पक्राउ

  • फागुन ५, २०७७
  • ११५२ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं- बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

भट्ट भागरथी पढ्ने सनातन माविमै कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । मंगलबार पक्राउ परेका उनी भागरथीको छिमेकीसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकाको घेरामा रहेका भट्ट भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । यथेष्ठ प्रमाण पश्चात मंगलबार उनलाई पक्राउ गरेको प्रहरी स्रोतले भनेको छ ।

विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्विकार गरेको पनि प्रहरी स्रोतले जनाएको छ । भागरथीको बलात्कार पछि हत्या भएको १२ दिनपछि प्रहरीलाई सफलता मिलेको हो ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।

यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् ।

छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबीमा भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएको अनुसन्धानमा आबद्ध एक अधिकृतले बताएका छन् ।

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤