Siraha Times
ताजा समाचार

सिरहामा नेपाल रजक सेवा समाज द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

  • फागुन २, २०७७
  • ११२८ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा । सिराहा को बिष्णुपुर गा.पा. ४  थल्हा कटहा मा नेपाल रजक सेवा समाज द्वारा श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन।

स्वर्गीय मुसहर्नी देवी साफी को तस्बिर मा बरिष्ट अतिथिहरु द्वारा फुलमाला ले श्रद्धाञ्जली अर्पण गरेका थिए।
सर्लाही धनुषा सिराहा तथा सप्तरी बाट आएको वरिष्ट समाज सेवी हरु र सिराहाको विभिन्न क्षेत्र बाट आएको जनसमुदाय तथा गाउँलेहरु को उपस्थित बुद्धिजीवी हरु ले विभिन्न किसिमको सामाजिक समस्या निवारण प्रति  धारणा राख्दै जनचेतना अभिबृद्दी गरएका  थिए।

सामाजिक भेदभाव,  सामाजिक कुप्रथा , सामाजिक बिकृती, दाइजो प्रथा महिला हिंसा तथा अशिक्षा न्युनिकरण गर्न समाजको बरिष्ट समाज सेवी हरु द्वारा जोरदार आवाज उठाएका थिए ।समाज उत्थान को लागि शिक्षा को महत्वपुर्ण भुमिका रहेकोले शिक्षा लाई ग्राहायता दिदै प्रवासी रजक समुदायका युवाहरुको सहयोगमा बालबालिका हरुलाइ पाँच सय थान कौपी र पाँच सय थान कलम को समेत बितरण गरेको थियो।

आयोजक श्री राजकुमार साफी द्वारा विभिन्न क्षेत्र बाट आएका अतिथीहरु लाई गम्छा ओढाएर सम्मान गरेका थिए। शिक्षा जीवन को मुल उदेश्य भएकोले छोरा होस या छोरी सम्मान पुर्वक शिक्षा दिनुपर्छ भन्ने जनसमुदाय लाई ध्यान आकर्षण  गराएका थिए।

दाइजो लिनु र दिनु , महिला हिंसा , बालबिवाह जस्ता बिषयहरु सामाजिक अपराध भएकोले यस्ता सामाजिक कुप्रथा अन्त्य गर्न समाज लाई ध्यान आकर्षण गराएको थियो।अन्त्यमा शिक्षित समाज हाम्रो पहिचान नाराको साथ कार्यक्रम सम्पन्न भएको थियो संस्थाको महासचिव नर्सिङ रजकले जानकारी दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१