आज प्रणय दिवस एकआपसमा प्रेम साटासाट गरि विश्वभर मनाउदै

  • फागुन २, २०७७
  • ५८५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । हरेक वर्ष १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन्स डे, अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

यो दिनमा प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१