यौनकर्मीका ग्राहक अधिकांश भारतीय, ड्युटीका प्रहरी तानाशाही

  • जेठ ३, २०७५
  • १००० पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता नवसंग्राम दैनिक लहान । भारतको विहारमा मदिरा पिउन प्रतिबन्ध लगाएपछि लत मेटाउंन नेपाल पस्ने भारतीयहरु यौन कारोबारमा पनि सक्रिय हुने गरेको छ । मदिरा मात्रै होइन् अन्य कामकाजको लागि नेपाल आउंने गरेका भारतीयहरु यौन क्रियामा सक्रिय हुने गरेको खुलासा भएको छ । लहानमा आंखा उपचार, विवाह वर्तबन्ध, व्यापार तथा विभिन्न परियोजनको लागि आउंदा उनीहरु यौन क्रियाकलापमा लाग्ने गरेको खुलासा भएको छ । लहानबजारदेखि भारत २४ किलोमिटरको दुरीमा रहेको छ । लहानमा लांज र कोठा भाडा लिएर दूई दर्जन बढी यौनकर्मीहरु सक्रिय रहेको छ भने उनीहरुको अधिकांश ग्राहक भारतीय हुने गरेका छन् । समाजमा बढ्दो विकृति विरुद्ध लहान प्रहरीले अभियान चलाएपछि दूई दिनमा चार भारतीय यौन अपराधको आरोपमा पक्राउ परेका छन् । सोहीक्रममा आज मात्रै ईलाका प्रहरी कार्यालय लहानको एक टोलीले यौन व्यावसायीका ग्राहकलाई पक्राउ गरेका छन् । पक्राउ पर्ने भारत मधुवनी जिल्लाको खुटौना कलरपट्टी ग्राम पंचायत ३ बस्ने बर्ष २३ का जयप्रकाश मण्डल र सोही ठाउं बस्ने निशादेवी मण्डल रहेका छन् । पक्राउ परेका उनीहरुमाथी सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाउंने भएको छ । जेठ २ गते विहान ११ बजे लहान ३ स्थित रहेको शान्ति लांजबाट यिनीहरुलाई अश्लिल अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सो लांजमा महिला पुरुष बसेर हो हल्ला गरी अश्लिल क्रियाकलाप भइरहेको सूचना पाएपछि लहान प्रहरीले चेकजांच गर्ने क्रमममा उनीहरुलाई पक्राउ गरिएको गरिएको हो । चेकजांचको क्रममा अश्लिल हर्कत गरिएका महिला र पुरुषलाई पक्राउ गर्न खोज्दा लांज संचालक ३८ बर्षीया शान्तिदेवी महतो पक्राउ गर्न खोज्दा उनी फरार भएको लहान प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई गाली गलौज गर्न खोज्दा महतोलाई पनि नियन्त्रण लिन खोज्दा फरार भएको हो । बैशाख ३१ गते भारतका बब्लु ठाकुर र जफ्रिल राईन पक्राउ परेका थिए । ड्युटीमा बसेका प्रहरीको तानाशाही शान्ति सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय लहानबाट खटिएका केही प्रहरी तानाशाही र रकम चलखेलमा उत्रिने गरेको खुलासा भएको छ । लहानको सहिद चौकको गेटमा आज ड्युटीमा रहेका प्रहरी रामपुकार मण्डलले सिटी रिक्शा र मोटरसाईकलको विवादमा रकम लेनदेन गर्न खोज्दा स्थानीयसंग बझाबाझ भएको छ । सिटी रिक्शाले एक मोटरसाईकललाई पछाडिबाट समान्य ठोकिदिए । मान्छेको भिड् लागियो । रिक्शावालाले बीच सडकमै आफ्नो गल्ती स्वीकारे । यतिसम्म रिक्शावालाले कान समेत समातिएर उठबस गरे । त्यतिकैमा प्रहरी रामपुकार र एक अर्का प्रहरीसहित आएपुगे । उनीहरुले (प्रहरी)े मिलेको विवादलाई रिक्शावालालाई एकान्तमा लगेर पैसा लिन खोज्दा स्थानीयहरुले विरोध गरे । प्रहरीले स्थानीयहरुमाथी नै आक्रोश भएर गालीगलौज गर्दै पक्राउ गर्ने धम्की दिएका थिए । समाजको घटना सामाजिकस्तरबाट नै मिलाउंनुपर्ने अवस्थामा प्रहरी बल प्रयोग र रकम चलखेलले सिमा नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१