Siraha Times
ताजा समाचार

प्रतिबन्धित लागुऔषधसहित कारोबारी पक्राउ

  • जेठ २, २०७५
  • ११७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

फिरोज शेख लहान २०७५ जेष्ठ २। प्रतिबन्धित लागुऔषध सहित सिरहाको लहान बाट बुधबार एक जना कारोबारी पक्राउ परेका छन। लहानको पुर्व -पश्चिम राजमार्ग अन्तर्गत बिराटनगर बस स्टेन्ड नजिक होटल संचालन गर्दै आएका लहान ३ बस्ने ३५ वर्षीय ज्ञान कुमार कामैत आफ्नै पसल बाट लागु औषध सहित पक्राउ परेका छन्।ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले पाएको विशेष सुचनाको आधारमा सादा पौसाकको प्रहरी लाई लागुऔषध प्रयोगकर्ता बनाई पक्राउ परेका कामैतको पसलमा लागु औषध खरिद गर्न पठाएको र सोहि क्रममा प्रहरीले कमैतलाई २ सय ९२ थान लागु औषध सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको।

प्रहरीले कामैतको पसल खानतलासी गर्दा ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब , नरफिन १९ थान , लुपिजेसिन ८६ थान , नाइट्रोजेपाम ट्याब्लेट ५८ थान , विभिन्न कम्पनीको मोबाइल ९ थान , नकली पेस्तोल एक थान , तरबार एक थान र ४ हजार ९ सय भारु रुपैया बरामद गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका कामैत माथि थप अनुशन्धान भइरहेको र लागु औषध ओसार-पोसार तथा बेचबिखन अन्तर्गत मुद्दा चलाइने डिएसपी गणेश चन्दले बताएका छन्।पक्राउ परेका कामैत यस अघि पहिला पनि लागु औषध मुद्दामा पक्राउ परिसकेका छन् ।Image may contain: 5 people, people standing and outdoor

Image may contain: 3 people

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१