जनकपुरमा गोली प्रहार गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै प्रचण्ड–नेपाल समुहको यस्तो चेतावनी

  • माघ २३, २०७७
  • १४०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २३ गते । प्रचण्ड–नेपाल समुहको नेकपाले जनकपुरमा आमहडतालको क्रममा नेकपा नेता–कार्यकर्तामाथि पुर्वाग्राही भएर बल प्रयोग गरेको भन्दै त्यसको भर्तस्ना गरेको छ । धनुषा जिल्ला संघर्ष समितिले प्रदेश पार्टी कार्यालयमा जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले दोषीलाई कार्वाही नगरे थप संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएको छ । आन्दोलनकारीमाथि आश्रु ग्यास तथा गोली प्रहार गर्ने प्रहरीमाथि प्रचण्ड–नेपाल समुहले कार्वाहीको माग गरेको छ । प्रहरीले ५० औँ राउण्ड गोली, आँसुग्यास, लाठी प्रहार तथा ढुँगा प्रहार गर्दै केन्द्रिय नेताहरुलाई ज्यानमार्ने प्रयास गरेको संघर्ष समितिका संयोजक सुधिर प्रसाद साहको आरोप छ । बिहीवार जनकपुरस्थित शिवचोकमा भएको झडपमा पूर्व मन्त्रीद्वय मातृका प्रसाद यादव, रामचन्द्र झा, मेयर उदय बरबरिया, कारीराम यादव, प्रदिप साहलाई लगायतका आन्दोलनकारी घाइते भएका थिए । आमहडताल पुर्ण रुपमा सफल भएको भन्दै सबै पक्षलाई प्रचण्ड–नेपाल समुहले धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१