Siraha Times
ताजा समाचार

नेकपा (प्रचण्ड-माधव)नेतृत्वको आम हड्तालले सिरहाका जनजीवन प्रभावित

  • माघ २२, २०७७
  • ८९८ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान माघ २२ गते। नेकपाको असन्तुष्ट समूह (प्रचण्ड-माधव) नेतृत्वको नेकपा ले आज बिहिवार गरेको आम हड्तालले सिरहाका जनजीवन प्रभावित भएका छ्न।

प्रचण्ड-नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार गरेको आमहड्तालले पुर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको लहान , धनगढी, गोलबजार , मिर्चैया र कर्जन्हा न. पा . का शैक्षिक संस्था, उद्योगधन्दा, यातायात, पसल, कलकारखाना ठप्प बन्न पुगेका छ्न भने अत्यावश्यक सेवाहरु एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शव बहान लगायत विधालय का परीक्षा भने पुर्ण रुपमा सञ्चालन भएका छन।

सिरहाको लहान स्थित शहिद चौक मा नेकपा (प्रचण्ड-माधव) नेतृत्वको समूह ले बिहानै देखि शान्तिपुर्ण धर्नामा बसेका छ्न। धर्ना कार्यक्रममा नेता बिजय गुप्ता, कमल देव यादव, कमलदेव चौधरी, उमेश साह, गणेश चौधरी, सुरेन्द्र साह, हेमन्त यादव, आशानन्द यादवलगायत दर्जनौं युवा नेताकार्यकर्ताहरु सहभागी भएका छन । युवाहरूको विभिन्न समुहले बजार बन्द गराउन नगरको परिक्रमा गरिरहेका छन भने नेपाल प्रहरी तथा शसस्त्र प्रहरी ले अप्रत्याशित घटना हुन नदिन सुरक्षा ब्यवस्था कडा पारेका छ्न।

lahan2

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१