Siraha Times
ताजा समाचार

प्रचण्ड-माधव समूहका कार्यकर्ताले आज बिहानै ट्याक्सी जलाए

  • माघ २२, २०७७
  • १२१८ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं,।संवैधानिक नियुक्तिको विरोधमा नेपाल बन्द आब्हान गरेको प्रचण्ड-माधव समूहका कार्यकर्ताले आज विहानै काठमाडौंमा एउटा ट्याक्सी जलाएका छन । गोगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३-०१- ००२ ज ५८८१ नम्वरको ट्याक्सीमा आगजनी गरेका हुन ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए । ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’ सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१