Siraha Times
ताजा समाचार

पिप्रा प्रधमा माघ २८ गते माँ ढङ्गरणी मेला महोत्सव,गाउँमा छुट्टै उमङ्ग

  • माघ २१, २०७७
  • १६८२ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार सिरहा लहान,२१ माघ। सिरहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.धमा विगत केही साल देखी माँ ढङ्गरणी मेला महोत्सव आयोजना गरिदै आइरहेको छ। जस अन्तर्गत यस वर्ष पनि माघ २८ गतेका दिन गाउँमै मेला लागेपछि गाउँका जेष्ठ नागरिक , राजनितिकर्मी , बुद्धिजीवी समाजसेवी , युवा , दाजु , दिदिबहिनीहरुमा खुशीको उमंङ्ग साथै छुट्टै हर्सोल्लास देखिएको छ।

नाग रुपी सर्प आएको दिन देखी उक्त मेला आयोजना गरिदै आइरहेका छन। ठिक १ महिना पुग्दा नाग देवता बिलाएर गयो गाउँलेहरु भन्छन। माँ ढङ्गरणी मन्दिरमा धार्मिक आस्था एवंम विश्वास रहेको सर्वविदितै छ। अहिले मन्दिरमा पुजारी रुपी घनश्याम सरदार , श्री लाल साफी रहेका छन। मेला कार्यक्रम २०७७ माघ २६ कलश यात्रा , माघ २८ गतेमा बलिप्रदान रहेको छ।

मेलामा सांस्कृतिक प्रदर्शन , सांस्कृतिक कार्यक्रम , लगायत विविध कार्यक्रमहरु रहनेछ । श्री श्री १०८ श्री ढङ्गरणी मेला महोत्सवमा पाल्नुहुने सर्धालु तथा भक्तजनहरुलाई लक्ष्मीपुर-पतारी गाउँपालिका १ (पिप्रा प्रध) मेला समिति तथा ग्रामीणवासी हार्दिक स्वागत गर्दछ। जय माँ ढङ्गरणी । जय माता दी । जयहो ५६ करोड देवी देवता। जय बाबा बिल्टु सरदार । जय पिप्रा प्रध ग्रामीणवासी।

प्रतिक्रिया दिनुहोस

१ कार्यदिनमै कम्पनी ...

काठमाडौं वैशाख २६ । नेपालमा कम्पनी दर्ता तथा खारेजी प्रक्रियामा ठूलो सुधार गरिएको छ। कम्पनी रजिष्ट्र ...

सुकुम्बासी बस्तीमा ड ...

काठमाडौं वैशाख २६ । सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर उठीबास लगाइएको भन्दै भूमिहीन तथा सुकुम्ब ...

सिरहाका छुट्टाछुट्टै ...

ओम प्रकाश यादव लहान, वैशाख २५ । सिरहाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१