ताजा समाचार

स्वर्गिय यादवको स्मृति दिवसमा प्रधानमन्त्री सिरहा आउँदै, सुरक्षा व्यवस्था कडा

  • माघ १९, २०७७
  • ११९९ पटक पढिएको
  • रामएकवाल राम
alt

 
 
सिरहा। प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सांसद स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाउन आउन लागेका कारण सिरहा सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयदेखि हेमनारायण चोकसम्म सडक खाली गरेको छ । पैदल यात्रुलाई समेत आवत जावत गर्न दिएको छैन ।प्रधानमन्त्री ओली आएलगत्तै स्वर्गिय यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । शालिक अगाडी प्रधानमन्त्री ओलीको स्वागतका लागि रातो कार्पेटओछ्याएको छ ।
स्वर्गिय यादवको शालिकमा माल्यार्पणपछि प्रधानमन्त्री ओली सिरहा क्याम्पसमा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाउने योजना बनाउन सक्ने भन्दै सुरक्षाकर्मी पसल समेत बन्द गराएका छन् ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤