Siraha Times
ताजा समाचार

स्वर्गिय यादवको स्मृति दिवसमा प्रधानमन्त्री सिरहा आउँदै, सुरक्षा व्यवस्था कडा

  • माघ १९, २०७७
  • ११४८ पटक पढिएको
  • रामएकवाल राम
alt

 
 
सिरहा। प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सांसद स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाउन आउन लागेका कारण सिरहा सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयदेखि हेमनारायण चोकसम्म सडक खाली गरेको छ । पैदल यात्रुलाई समेत आवत जावत गर्न दिएको छैन ।प्रधानमन्त्री ओली आएलगत्तै स्वर्गिय यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । शालिक अगाडी प्रधानमन्त्री ओलीको स्वागतका लागि रातो कार्पेटओछ्याएको छ ।
स्वर्गिय यादवको शालिकमा माल्यार्पणपछि प्रधानमन्त्री ओली सिरहा क्याम्पसमा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाउने योजना बनाउन सक्ने भन्दै सुरक्षाकर्मी पसल समेत बन्द गराएका छन् ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१