प्रधानमन्त्री ओली आज सिरहा र धनुषा आउदै,

  • माघ १९, २०७७
  • ५४१ पटक पढिएको
  • रामएकवाल राम
alt

 सिरहा: प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा आउने भएका छन् । धनुषाको ढल्केवरमा विद्युत सव-स्टेशनको समुद्घाटन गर्न र सिरहामा स्वर्गिय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री ओली आउन लागेका हुन् ।

ढल्केवरमा चार सय केभिए क्षमताको विद्युत सव-स्टेशन निर्माण पुरा भइसकेको छ । आज विहान ११ बजे समुद्घाटन कार्यक्रम राखिएको छ । समुद्घाटन गर्न प्रधानमन्त्री ओलीसंगै उर्जामन्त्री टोपबहादुर रायमाझी समेत हेलिकप्टरबाट आउने बताइएको छ ।

यस्तै सिरहा सदरमुकाममा कम्यूनिस्ट नेता स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवसको आयोजना नेकपाले गरेको छ । पूर्व सांसद यादवको हत्याको १७ वर्ष वित्दा कैयौं पटक कम्यूनिस्ट सरकार बनेपनि हत्यारालाई कानुनी दायरामा ल्याउन सकिएको छैन् ।

 

यादवलाई श्रद्धाञ्जली दिन आउन लागेका प्रधानमन्त्री ओलीले हत्यारालाई कानूनी दायरामा ल्याउने उद्घोष गर्ने स्रोतले जनायो । हत्यारालाई कारबाही नभएको भन्दै उनका छोरा डा. नविन पटक पटक कम्यूनिस्ट पार्टी परित्याग गरे । तर पछिल्लो समय नेकपा ओली समुहमा लागेका छन् ।

यादवको स्मृति दिवसको अवसरमा नेकपाले सिरहा क्याम्पस परिसरमा सभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री ओली, उर्जामंत्री रायमाझी, मंत्रीहरु लीलानाथ श्रेष्ठ, प्रभु साह, जुली महतो समेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१