Siraha Times
ताजा समाचार

नेपाल रजक सेवा समाज द्वारा पर्सा जिल्ला भेला सम्पन्न

  • माघ १८, २०७७
  • १८१५ पटक पढिएको
  • रामएकवाल राम
alt

पर्सा माघ १८। समाजमा भईरहेको विभिन्न समस्याहरु सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक बिकृती बिसंगती , अशिक्षा तथा गरिबी न्युनिकरण गर्न  देश तथा बिदेश मा रहेका नेपाली रजक जनसमुदाय को  युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाजको जिल्ला स्तरीय बैठक पर्सामा सप्पन्न भएको छ।

गत माघ १७ गते शनिवार प्रदेश नं. २ स्थित पर्सा को बिरगंज माहा न. पा.-१६ नगवाटोलमा भएको सो कार्यक्रममा डा. बृज किशोर बैठाको अध्यक्षता, रुपनारायणको प्रमुख आतिथ्य लवकुश बैठाको विशिष्ट आतिथ्य तथा सिराहा, धनुषा, महोतरी सर्लाही रौतहट लगायत जिल्लाहरु बाट आएका अतिथीहरु को सहभागितामा र पर्सा को विभिन्न क्षेत्र बाट सहभागी बुद्धिजीवी तथा युवा हरु को सहभागितामा  भेला सम्पन्न भएको हो।

जिल्ला भेला द्वारा पारित नवगठित समिती मा अध्यक्ष- डा. बृज किशोर  बैठा, उपाध्यक्ष- पारस बैठा , कोषाध्यक्ष - बिना बैठा, सचिव- समिर बैठा, सह सचिव - अजय बैठा सदस्यहरु :  रामसिस बैठा, जगदिश बैठा , मुना बैठा , सिकिन्दर बैठा ,  रहेकोछ।त्यस्तै वरिष्ट सल्लाहकार तथा सल्लाहकार समेत को समिती चयन गरेका छन।        

समाजको बुद्धिजीवीहरुले  सामाजिक विभेद, सामाजिक बिकृती बिसंगती, सामाजिक कुप्रथा, अशिक्षा  जस्ता बिषयलाई न्युनिकरण गर्न  आ- आफ्नो मन्तव्य राखेका थिए।

नेपाल रजक सेवा समाज देश तथा बिदेश मा समेत क्रियाशिल रहेका छ्न। अन्त्यमा सेवा नै धर्म हो नारा का साथ बैठक सम्पन्न भएका महा सचिव नर्सिङ रजकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

ब्राउन सुगर जस्तो दे ...

ओम प्रकाश यादव लहान भदौ २५ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रोनबाट लागूऔषध ब्राउन सुगर जस्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१