रौतहट माघ १७ ।समाजमा भईरहेको विभिन्न समस्याहरु सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक बिकृती बिसंगती , अशिक्षा तथा गरिबी न्युनिकरण गर्न देश तथा बिदेश मा रहेको नेपाली रजक जनसमुदाय को युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाज को जिल्ला स्तरीय बैठक भेला रौतहटमा सम्पन्न भएको हो।
गत माघ १६ गते शुक्रवारका दिन जिल्ला स्तरिय बैठक अन्तरगत प्रदेश नं. २ रौतहट को गरुडा न. पा.-४ गरुडा बजार मा श्री अनुठा बैठा द्वारा आयोजित बैठकमा प्रमुख अतिथी तथा सिराहा, धनुषा, महोतरी सर्लाही लगायत जिल्लाहरु बाट आएका अतिथीहरु को सहभागिता र रौतहट को विभिन्न क्षेत्र बाट सहभागी बुद्धिजीवी तथा युवा हरु को सहभागितामा भेला सम्पन्न भएको हो।
रौतहट तथा अन्य जिल्ला बाट सहभागी भएका रजक (धोबी ) जनसमुदाय को बुद्धिजीवी , समाजसेवी तथा युवाहरु को सहमती मा अनुठा बैठा को अध्यक्षतामा सल्लाहकार सहित को नेपाल रजक सेवा समाज जिल्ला तदर्थ समिती रौतहट सर्वसम्मतिले चयन गरेका छन।
जिल्ला भेला द्वारा पारित नवगठित समिती मा अध्यक्ष- अनुठा बैठा, उपाध्यक्ष- राम प्रवेश बैठा , कोषाध्यक्ष - संजु बैठा, सचिव-नन्दलाल बैठा, सह सचिव - महेश बैठा सदस्यहरु : लालधारी बैठा, हरिचन्द्र बैठा , राम बहादुर बैठा उमा कान्त बैठा , राम प्रबेश बैठा , रघुबीर बैठा , चन्द्रीका बैठा, बिरेन्द्र कु. बैठा, मिना कुमार रजक रहेकोछ।त्यस्तै वरिष्ट सल्लाहकार तथा सल्लाहकार समेत को समिती चयन गरेका छन।
समाज को बुद्धिजीवी हरुले सामाजिक विभेद, सामाजिक बिकृती बिसंगती, सामाजिक कुप्रथा, अशिक्षा जस्ता बिषयलाई न्युनिकरण गर्न आ- आफ्नो मन्तव्य राखेका थिए।
नेपाल रजक सेवा समाज देश तथा बिदेश मा समेत क्रियाशिल रहेका छ्न। अन्त्यमा सेवा नै धर्म हो नारा का साथ बैठक सम्पन्न भएका नेपाल रजक संस्थाका माहासचिव नरसिंह रजक जानकारी दिनु भएको छ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved