नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

  • माघ ५, २०७७
  • ११०० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं- नेपालमा तीन जनामा नयाँप्रजातिको को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरो ना पुष्टि भएको हो। उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए।

today

नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुस महिनामा बेलायतबाट नेपाल आएका थिए। डा गौतमका अनुसार बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ थियो। उनीहरुमा नयाँ प्रजा तिको को’रोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै गत पुस २७ गते उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो ।

६ जनाको नमूना हङकङमा परीक्षा गर्दा ३ जनामा नयाँ प्रजातिको को’रोना भाइरस संक्रमण देखिएको पुष्टि भएको हो । नयाँ प्रजातिको को’रोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था भने सामान्य भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा को’रोना नेगेटिभ भैसकेको र ६७ वर्षीया पुरुषमा को’रोना पोजेटिभ भएपनि कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१