Siraha Times
ताजा समाचार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हुनेवाली ‍बेहुली ‘मिस मंगोल नेपाल’

  • माघ ३, २०७७
  • १२७७ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्।मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने स्रोतले सेतोपाटीलाई जानकारी दियो।

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

यसैगरी, ४९ वर्षीय राई २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन्। उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री भएका हुन्।

प्रतिक्रिया दिनुहोस

लाहानमा चोरको बिगबिग ...

लहान, वैशाख २३ । सिरहाको लहान नगरपालिका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढिरहेका बे ...

बलान बिहुलमा कुपोषण ...

रहमुल, लहान २२ वैशाख । “समृद्ध बलान बिहुल” अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँ ...

‘सुनौलो हजार दिन’ अभ ...

रहमुल, लहान, २२ वैशाख । मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने लक्ष्यसहित सिरहाको सखुवानन्कारकट्टी गाउँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१