Siraha Times
ताजा समाचार

स्रोत नखुलेको ९ लाख भन्दा बढी रकम सहित दुई जना पक्राउ

  • माघ १, २०७७
  • ११२५ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान माघ १गते।प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका  -१ कचनारी बाट स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका -  २ खोक्सी का ४० बर्शिय मोहमद सगिर मियाँ र सोही ठाउँ का २४ बर्शिय को मेहदि मंसुर रहेका छन् ।

बरियारपट्टी गाउँपालिका - १ कचनारी स्थित प्रहरी चौकी  कचनारी सिरहा बाट खटिएको प्रहरी गस्ति टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको  स ८ प ९६१४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा  स्रोत नखुलेको अवैध रकम रकम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना लाई नगद रकम सहित ईलाका प्रहरी कार्यालय महेशपुरपतारमा   राखिएको छ। घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता सालिग्राम सर्माले बताएका छन।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१