राजेन्द्र महतो लहान माघ १गते।प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका -१ कचनारी बाट स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका - २ खोक्सी का ४० बर्शिय मोहमद सगिर मियाँ र सोही ठाउँ का २४ बर्शिय को मेहदि मंसुर रहेका छन् ।
बरियारपट्टी गाउँपालिका - १ कचनारी स्थित प्रहरी चौकी कचनारी सिरहा बाट खटिएको प्रहरी गस्ति टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम रकम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जना लाई नगद रकम सहित ईलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ। घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता सालिग्राम सर्माले बताएका छन।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved