Siraha Times
ताजा समाचार

प्रधानमन्त्रीले भने-अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गरिन्छ

  • वैशाख २३, २०७५
  • ७९७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २३ । प्रधानमन्त्रीले भने-अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गरिन्छ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे ।

ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ । ST प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन नपर्ने भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने बताए । कतिपयले आफू बलियो प्रधानमन्त्री भएकोमा रिस गरेको भन्दै ओलीले लोकतन्त्रमा व्यक्ति होइन प्रणाली बलियो बनाउने आफ्नो मिसन सुनाए ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१