Siraha Times
ताजा समाचार

बलात्कार पछि १२ बर्षिया बालिकालाई मट्टितेल छर्केर आगो लगाइयो

  • चैत १२, २०७४
  • १००३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १२ । भारतको आसाम राज्यको नगाँउमा पाँच कक्षामा पढ्ने एक १२ बर्षिय बालिकालाई सामुहिक बलात्कारपछि मट्टितेल छर्केर आगो लगाइएको  छ । बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँमा भएको उक्त घटनामा संलग्न अभियुक्तहरुले पिडित बालिकालाई बलात्कार पछि आगो लगाई फरार भएका थिए पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिकाले अन्तिम शास फेर्नुअघि बलात्कारको बारेमा प्रहरीलाई जानकारी गराएकी थिईन ।प्रहरीले उक्त घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । ती दुबै अभियुक्त नाबालक रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै अभियुक्तले आफ्नो अपराध स्विकार गरिसकेको प्रहरीले दावी गरेको छ । घटना पछि गाउँमा त्रास र आक्रोस फैलिएको कारण शुरक्षा ब्यवस्था कडा पारीएको छ ।घटनामा संलग्न प्रमुख अभियुक्त मानिएका जाकिर हुसैनको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१