Siraha Times
ताजा समाचार

जनकपुरमा राजेन्द्र महतोलाई युवाहरुले देखाए कालो झण्डा

  • पुस २७, २०७७
  • १३३५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् ।संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

जसपाले रेल्वे स्टेशनमा संसद विघटनविरुद्व आयोजना गरेको विरोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।चुनावभन्दा अघि शहीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१