ताजा समाचार

विराटनगर महानगरपालिका–४ कोशी राजमार्गमा माइक्रो दुर्घटना हुँदा १० जना घाइते

  • वैशाख २३, २०७५
  • १४६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख २३ । विराटनगर महानगरपालिका–४ कोशी राजमार्गमा  माइक्रो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।इटहरीबाट विराटनगरतर्फ आउदै गरेको को १ ज २८७४ नम्बरको माइक्रो शनिबार राती दुर्घटना भएको हो । सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा  विराटनगर १३ का सरोजा थापा, तुलसा खडका, निर्मला खडका, भावना श्रेष्ठ, चन्द्रकला पोखरेल, दुर्गा पोखरेल गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अम्बिका खडका, निर्मला थापा, धन माया घिमिरे तथा माइक्रो  चालक बुढीगंगा गाउँपालिका–३  का चन्द्रप्रसाद अधिकारी सामान्य घाइते भएका छन् ।  घाइतेहरुको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤