Siraha Times
ताजा समाचार

सिमाना नाका बन्द रहे पनि ठाडी भन्सार सिरहाको राजश्व ४ करोडभन्दा बढी

  • पुस २२, २०७७
  • ६३३ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान पुस २२ गते।कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरे पनि सिरहा स्थित भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा रु ४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेका छ्न।

भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आव २०७७/२०७८को साउनदेखि मङ्सिरसम्मको अवधिमा रु ४ करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको सो कार्यालय ले जनाएको छ ।

चालु आ व २०७७/७८ मा रु ६ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार कार्यालय ठाडी सिरहाका प्रमुख नरेश साहले बताएका छ्न। भारतबाट खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साह ले बताएका छ्न। सो कार्यालय ले गत आ व २०७६/७७ मा रु ७करोड १६ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

रसुवा–नुवाकोट बाढीपी ...

आशिक हुसैन शेख दोहा, कतार । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१