Siraha Times
ताजा समाचार

जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलागी, २ करोड ५० लाखको क्षति

  • पुस ९, २०७७
  • १२०५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - जनकपुरको शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी भएको छ। बिहीबार बिहान पौने ११ बजेतिर विद्युत् सर्किट सट भएर आगलागी भएको हो।

आगलागीबाट डिपार्टमेन्टल स्टोरका किराना, कपडा, फर्निचर लगायत सबै जेलर नष्ट भएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। उनका अनुसार २ करोड ५० लाख रुपैयाँ बढीको क्षति भएको छ।

 

५ वटा वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा झण्डै ३ घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो।

 

अढाई बजे आगो नियन्त्रणमा आएको स्थानीय व्यवसायी जानी खानले बताए।

 
 

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१