ताजा समाचार

जनकपुरको मिथिला डिपार्टमेन्टल स्टोरमा भीषण आगलागी

  • पुस ९, २०७७
  • ८१५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम - जनकपुरधामको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । बिहीबार बिहान साढे १० बजेदेखि लागेकाे आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

आगो निभाउन जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिकको वारुण यन्त्र खराब भएपछि अन्य नगरपालिकाका वारुण यन्त्र जनकपुर ल्याएर आगो निधाउने प्रयास गरिएको बस्नेतले बताए । 

जनकपुरधामको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट आगलागी सुरु भएको थियो । आगलागीबाट पहिलो तल्ला र दोस्रो तलामा भएका पसलका सामान जलेर पूणरुपमा नष्ट भएको छ । 

भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ । क्षतिको विवरण आउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤