ताजा समाचार

सर्लाहीमा आगलागीबाट चार पसल जलेर नष्ट, एक करोडको क्षति

  • मंसिर २९, २०७७
  • ६२३ पटक पढिएको
  • रामएकवाल राम
alt

मलंगवा : सर्लाहीको हरिवन नगरपालिका ११ स्थित आगलगी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन् ।आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

आइतबार मध्यरातमा भएको आगलगीबाट सोही स्थानका कमल कार्कीको एक तल्ले घरमा पसल गर्दै आएका महेश साहको कपडा पसल तथा गोदाम, कैलाश साह, संजय साह र सुनिल साहको कपडाको पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आगलगीमा परी घरमा आंशिक क्षति भए पनि कपडा पसल पूर्ण रुपमा नष्ट भएको प्रहरी कार्यालयले जनाएको छ । मानवीय तथा चौपाय क्षति भने भएको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय बासिन्दा र बारुण यन्त्रको सहयोगमा सोमबार बिहान २ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले क्षतिको यकिन विवरण तथा घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤